काठमाडौं । पछिल्लो समय पछि कोरोना संक्रमित बढ्दै गएका छन । कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बोलाएर छलफल गरे ।

बैठकमा सहभागी स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सरकारलाई स्मार्ट लकडाउनमा जान सुझाव दिएका छन् । संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधारको अवस्थाजस्ता सूचक हेरेर ठाँउ अनुसारको कदम चाल्नुपर्ने सुझाव दिइएको छ।

धेरै संक्रमण भएको क्षेत्रलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजित गर्न अधिकारीहरुले आग्रह गरेका छन्