काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६५ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ९ हजार ५५५ जानाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण  यस्तै, ४ हजार ६८७ जनाको एन्टिजेन गर्दा थप ३ हजार ६६५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर १ हजार ३७३ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी १ हजार ३७३ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप १४ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा को’रोना संक्रमणबाट मृत्यु’ हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।

 

यस्तै ईपिडिमियोलोजी तथा रो’ग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.बासुदेव पान्डेयले भा’ईरसहरुको उत्परिवर्तन निरन्तर चलिहने भए पनि अहिलेको डेल्टा भेरियन्टको नयाँ म्युटेसन घा’तक हुन सक्ने बताउनुभएको छ ।

विभिन्न देशहरुमा डेल्टा भेरियन्टबाट नै धेरै मानिस संक्रमित भैरहेकाले यो नयाँ म्यूटेसनले पनि धेरै मानिसलाई संक्रमण गर्न सक्ने उहाँले बताउनुभयो ।

यो नयाँ म्यूटेड भेरियन्टले विशेषगरी बालबालिकालाई बढी संक्रमण गर्न सक्ने उहाँले बताउनुभयो । बिभिन्न देशहरुमा पनि अहिले बालबालिका बढी संक्रमित भइरहेको अवस्थामा नेपालमा पनि बालबालिका बढी जोखिम रहेको छ उहाँले भन्नुभयो बालबालिकाले खोप पनि लगाउन नपाएकाले यो नयाँ म्यूटेड भेरियन्ट बढी घा’तक हुनसक्छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि यो नयाँ म्यूटेड भेरियन्ट ख’तरनाक नै रहेको बताउनुभएको छ ।