काठमाडौ । सोमबार बारीको कान्लामा मृ त भेटिएकी रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनका जेठाजु र उनकै दुई छोरा छन् । मनकलाका माइला जेठाजु (श्रीमानका दाइ) केशरबहादुर खडका र उनका दुई छोराहरु १५ र ११ वर्षीयलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।

सोमबार राति ६ बजेतिर भैंसीलाई घाँस हाल्न गएकी उनी राति अबेरसम्म नफर्किएपछि उनको खोजी थालिएको थियो । उनी गोठ नजिकै मृ त फेला परेकी थिइन् । मनकलाका श्रीमान वैदेशिक रोजगारीका लागि देश वाहिर छन् । उनी ७ वर्षका एक छोरा र सासुसंगै बस्दै आएकी थिइन् ।

घटना रहस्यमयी देखिएपछि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले नेपालगन्जवाट कुकुर मगाएर अनुसन्धान थालेको छ । घटनामा धा रि लो बस्तु प्रयोग गरेको देखिएको छ । उनको शरिरमा चो ट देखिएका छन् । मनकलाले लगाएका गहना पनि छैनन् ।

घटना पछि मकै बारीमा नाक, कानमा भएका सुनका गरगहना समेत लिएको पुष्टि भएको प्रहरीले जनाएको छ । पक्राउ परेका १५ वर्षीय युवकको घरमा खानतलासी गर्दा सुनको कानबाली २ थान, मुन्द्री २ थान, नाकको टुक्की फुली १ थान, ह सिँ या लगायतका सामान फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका एक जना आफ्नै परिवारका जेठाजुका छोरा (भतिजा) पर्ने पनि रहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार एक वर्षदेखि मनकला र ती युवकको घर बीच बोलचाल बन्द रहेको थियो ।