एजेन्सी – टेलर रेक्स रेस्लिङ जगतमा परिचित नाम हो। डब्लुडब्लुइका चर्चित रेस्लर रेक्स महिला बनेका छन्। उनले आफू ट्रान्सजेण्डर भएको जानकारी दिँदै अब महिलाको पहिचानमा रहने बताएका हुन्।

इन्स्टाग्रम लामो स्टाटस पोस्ट गर्दै उनले यसबारेमा जानकारी दिएका हुन्। उनी २००९ देखि २०१४ सम्म रेस्लिङमा सक्रिय थिए। गाबीले एक प्रेस वक्तव्य जारी गर्दै पूर्व डब्लुडब्लुइ स्टारदेखि बडीबिल्डर, फिटनेस गुरु, मोटरसाइकल रेसर हुँदै अब आफूले शानदार महिलाको यात्रा तय गरिरहेको बताएका हुन्।

रेक्सकाअनुसार उनको मनमा कैयौं वर्षदेखि एउटा भित्री लडाइँ चलिरहेको थियो जसबाट अब उनले जीत पाइसकेका छन्। २०१४ मा उनले परिवारलाई समय दिन भन्दै रेस्लिङ छोडेका थिए।

उनले विगत ८ महिना आफ्नो जीवनको सबैभन्दा कठिन समय रहेको बताए। उनले आफ्नो वास्तविकता सार्वजनिक रुपमा कसरी बताउने भनेर निकै तनाव हुने गरेको र अहिले त्यस्तो नलागेको जानकारी दिए। एक अन्तरवार्तामा उनले आफूले १० वर्षको उमेरमा आमाको कपडा लगाएर हेर्ने गरेको पनि बताएका थिए।। उनले आफ्नी पत्नीलाई यस विषयमा सबैभन्दा ठूलो सहयोगी बताएका छन्।