बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत आज रिहा भएका छन्। बिनय जंग ५० हजार धरौटी मा रिहा भएका छन। रिहा हुने बितिकै बिनय जंगलाई सम्मान गर्न केहि सामाजिक अभियान्ता पनि पुगेका थिए। अदालतबाट बाहिर निस्किने बितिकै बिनयले रुदै भने सत्यको जित हुन्छ।

 

मैले केहि गल्ति गरेको थिइन् तर पनि मलाई जेल पाठाइयो। आफ्नो भनेर भरोसा गर्नु नै गलत थियो भनेर आफ्नो अभिवाक्ति दिए। यस अघि बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँबसपार्कबाट पक्राउ गरेको थियो।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।