कोसी राजमार्ग अन्तर्गत विराटनगर भृकुटी चोकनजिक एक वृद्धको शव फेला परेको छ । प्रहरीका अनुसार को४प २३१६ नम्बरको मोटरसाइकलमा वृद्धको शव फेला परेको हो । ती वृद्ध विराटनगर–५ मुनापथका ६५ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मीनकुमार आचार्यले बताए । सोमबार बेलुका मोटरसाइकलमा चढेकै अवस्थामा उनको शव फेला परेको प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

उनी मोटरसाइकलमा चढेकै अवस्थामा घो’प्टो प’रेर ढ’लेका छन। जुत्ता पनि लगाएकै अवस्थामा भुइँमा टे’किएको देखिएको छ । वडाध्यक्ष आचार्यका अनुसार न्यौपानेको शव बेलुका ८ बजे फेला परेको हो । उनको शरीरमा चो’ट’प’ट’क छ भने लुगा च्या’ति’ए’का छन् । ‘घटना रहस्यमय देखिन्छ, दुर्घटनापछि कसैले लगेर मोटरसाइकलमै राखिदिएको हो कि भन्ने आशंका छ,’ उनले भने ।

वृद्धको शवको मुचुल्का उठाएर पोस्टमार्टमा लैजाने तयारी प्रहरीले गरिरहेको छ । ‘मोटरसाइकलमा चढेकै पोजिसनमा शव फेला परेको छ, एउटा खुट्टा टेकेको र मोटरसाइकलको स्टेन्ड पनि लागिरहेको अवस्थामा शव फेला परेको छ,’ जिसीले भने, ‘दुर्घटना हो वा अरू केही हो अनुसन्धान भइरहेको छ ।’