नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् । संसद सचिवालयमै पुगेर उनले प्रतिनिधि सभा सदस्यबाट राजीनामाको घोषणा गरेका हन्। उनको राजीनामा पत्र सभामुखकोमा पुगेको छ ।

नेकपा एमालेभित्र अध्यक्ष ओलीको चर्को आलोचना गर्ने व्यक्तिको छवि बनाएका रावलले आज एक्कासी राजीनामा दिएका हुन् । उनी अहिले एमाले विवाद समाधान कार्यदलको संयोजक समेत रहेका छन् । यद्यपी कार्यदल भंग भएको हो । नेपाल समूहमा रहेका रावल पछिल्लो समय पार्टी एकताका लागि बन्दै प्रयासरत रहेका थिए ।

यस्तो छ रावलले राजीनामा दिनुको कारण