सेनिटाइजर पि ए र इटहरीमा एक युवकको मृत्यु भएको छ । उनले किन सेनिटाइजर पि ए भन्ने बिषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्याल इटहरीका प्रहरी निरीक्षक इन्स्पेक्टर गणेश भट्टराईका अनुसार इटहरी ८ पुष्पलाल चौकका ३२ वर्षीय प्रकाश भन्डारीले सेनिटाइजर पि ए पछि मृत्यु भएको हो ।

भण्डारी पिपुल्स हेल्थ मल्टिपल क्याम्पस इटहरी १० मा उद्योग बाणिज्य संघ इटहरीले सन्चालन गरेको आइसोलेसनमा हेल्परको रुपमा काम गर्दै आएका थिए । प्रहरीका अनुसार यो घटना शुक्रवार भएको थियो ।

प्रहरी निरीक्षकका अनुसार तत्कालै प्रहरीलाई भण्डारीले सेनिटाइजर पि ए को सूचना प्राप्त भएको थियो, लगत्तै उपचारका लागि धरानस्थित वीपी प्रतिष्ठान लगिएको थियो । भट्टराईका अनुसार घरमा अलिक बढी नै मा प से गर्ने गरेको खुलेको छ । घरायसी समस्याकै कारण सेनिटाइजर पिएको हो कि भन्ने अनुमान लगाइएको भएपनि थप अनुसन्धानको क्रममा प्रहरी रहेको छ ।

उनका अनुसार करीब डेढ महिना अघि आइसोलेसनमा परिवारले ने हेल्परको रुपमा काम लगाइदिएका थिए । घरमा मा प से गरी विवाद गर्ने गरेको र त्यहाँ काम गर्दा दाँयाबाँया नगर्ने भन्दै काममा लगाइएको खुलेको छ । घटनास्थलमा प्रहरीले मुचुल्का उठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको भट्टराईले जानकारी दिए । प्रतीकात्मक तस्वीर