हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका कारण नेपालका विभिन्न जिल्लामा भारी मात्रामा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइरन (आज) पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्यदेखि पुर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ।

अबको तीनदिनसम्म वर्षा हुने मौसम विभागले जनाएको छ। चट्याङ सहित भारी वर्षा हुने विभागले जनाएको हो।

यस्तै, प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको हुनसक्ने जनाएको छ । साथै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ। साथै सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै सोमबार र मङ्गलबारको मौसम पनि यस्तै रहने विभागले जनाएको छ। वर्षा धेरै हुने भएकाले उच्च सावधानी अपनाउन समेत विभागले अनुरोध गरेको छ।