श्री हलेशी माहदेवलाई, ॐ लेखी एक सेयर गर्दै, आजको पञ्चाङ्ग, वि.सं. २०७८ श्रावण ०१ गते शुक्रवार तदनुसार ई. सं. २०२१ जुलाई १६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (दिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०६:४९ बजे, चन्द्रोदय : दिउँसो १०:४५ बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:०६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे, आषाढ शुक्लपक्षको सप्तमी तिथि, मध्यरात्रीपछि ०२:०८ बजेसम्म, त्यसपछि अष्टमी तिथि, हस्ता नक्षत्र, मध्यरात्रीपछि ०१:११ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), परिघ योग, बिहान ०९:२० बजेसम्म, त्यसपछि शिव योग, सुरुमा गर करण दिउँसो ०३:०५ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०२:०८ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, आनन्दादि योग : अमृत, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : वायव्य, वारशूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य,आज : श्रावण सङ्क्रान्ति, साउने सँग्राती, दक्षिणायन प्रारम्भ, कण्डारक पूजा, लुतो फाल्ने दिन, थारु गुरिया पर्व, बैतडी गुजरमा बनारसी साउने मेला सुरु, सूर्य पूजा, देउपाटनमा गङ्गामाई रथयात्रा, वर्षा ऋतु प्रारम्भ, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), शिलान्यास (सामान्य), वस्त्राभरण(गुन्युचोलो), कलशचक्र आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०२ गते : अष्टमी व्रत, गोरखकाली पूजा, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), गृहारम्भ (घरको जग राख्ने), गृहवास्तु जुरेको दिन, द्रव्यप्रयोग वा लगानी, कलशचक्र, ०३ गते : मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), गृहवास्तु जुरेको दिन, कलशचक्र, ०४ गते : मन्वादि, श्रावणी सोमवारको व्रत प्रारम्भ, मूहुर्त : द्रव्यप्रयोग वा लगानी, कलशचक्र

Comments