काठमाण्डौ। अगामि १५ गते भित्र ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ ।

सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुने मन्त्रालयले जानकारी गरएको छ ।

आज एक विज्ञप्ती जारी गदै मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको पनि बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्ने दाबी मन्त्रालयको छ ।

विज्ञप्तीमा सबै नेपालीले खोप लगाउन पाउने पनि जनइएको छ । कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने योजना रहेको पनि विज्ञप्तीमा भनिएको छ । चरणवद्ध तरिकाले प्राथमिकता वर्गलाई खोप लगाउने अभियान सन्चालन हुने पनि मन्त्रालयको भनाई छ ।