काठमाडौँ । महामारीले विश्वलाई नै दुख दिइरहेको छ । दोस्रो चरणको नयाँ भेरियन्टले नेपालका धेरै अर्थतन्त्र ठप्प भएका छन् । काठमाडौ लगायत मुलुकका धेरै शहर निषेधाज्ञामा छन् । यस्तो अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने चेतावनी दिएको छ।

कोरोनाको खतरनाक भेरियन्ट विश्वभर फैलिने र त्यसले महामारी नियन्त्रणमा निकै सकस उत्पन्न हुने डब्लुएचओले भनेको हो। डब्लुएचओको इमरजेन्सी कमिटीले कोरोना महामारी सकिएको नठान्न पनि चेतावनी दिएको छ।

संक्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत ह ल्ला फै ला उन थालिएकाले यसप्रति सचेत रहन आग्रह गरिएको हो।

डब्लुएचओका प्रमुख डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोनाको महामारी सकिएको नठान्न सचेत गराएका हुन्। उनले कोरोना महामारी सकिने कुराको नजिक पनि पुग्न नसकिएको उल्लेख गरेका छन्। स्वास्थ्य मापदण्ड अपनाउन डब्लुएचओले आग्रह गरेको छ । महामारीवाट बच्न अहिले प्रयोग गर्दै आएका स्वास्थ्य मापदण्ड पालनाका लागि लापरवाही नअपनाउन आग्रह गरिएको छ ।