कपिलवस्तु । कपिलवस्तुको भिल्मीमा आगलागी भएको छ । कपिलवस्तुको कृष्ण नगर नगरपालिका वार्ड नं.६ भिल्मीमा गए रति  करिब २ बजे आगलागी भएको हो । राति २ बजे लागेको आगो करिब साढे ४ बजे नियन्त्रणमा आएको छ ।

मच्छड़ धपाउनको लागि भित्र गूइठामा आगो सल्कीएयाको अवस्थामा सोही आगो  सल्किएर घर जलेको हो । आगलागीबाट  लात्ता कपडा,धान, चामल,दाल ,दाउरा, केही नगद सहित २ वटा बाख्रा जलेर नष्ट भएका छन् । सो आगलागीबाट करिब १ लाख ५ बराबरको क्षति भएको अनुमान गरिएको छ ।