काठमाडौ । प्रदेश २ का एक जना मन्त्रीले आफुले मन्त्रालयका लागि कोठा समेत नपाएको गुनासो गरेका छन् । आफ्नो मन्त्रालयको लागि कोठा नपाएपछि अन्य मन्त्रालयमै बसेर भाडाको गाडीवाट काम चलाउनु परेको गुनासो गरेका हुन् । प्रदेश २ का नवनियुक्त खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले वीरगन्जमा नेपाल उद्योग वाणिज्य महासंघ र वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको सम्मान कार्यक्रममा यस्तो गुनासो गरेका हुन् ।

उनी ब्यवसायी पृष्ठभूमीवाट मन्त्री बनेका कारण जिल्लाका उद्योगी ब्यवसायीले उनलाई ब्यवसायका समस्या सुनाएका थिए । उनीहरुको समस्या सुनेपछि मन्त्रीले पनि आफ्नो गुनासो सुनाए । मन्त्री शर्माले राजनीतिक परिवेशको फरक परिस्थितिमा आपूm मन्त्री भएकाले अहिलेसम्म मन्त्रालयका लागि कोठासमेत नपाएको पीडा पोखे । उनले आपूm अर्कै मन्त्रालयको कोठा र भाडाको गाडी चढेर हिँडिरहेको बताए ।

मन्त्रालय टुत्र्mयाएर मन्त्री बनाइएकोले कार्यालयदेखि कर्मचारीहरुको समेत अभाव रहेको उनको भनाई थियो । आफ्नो मन्त्रालयमा ३५ करोडको मात्रै बजेट रहेकाले त्यसलाई प्रथामिकतामा राखेर मुख्य तीनवटा योजना अघि सारेको बताए । मन्त्री शर्माले रक्सौलमा आन्तरिक हवाई सेवा र सिमराबाट प्रादेशिक विमानस्थलमा पनि आफ्नो चासो रहेको बताए ।