काठमाडौं । नेकपा एमालेको सरकार ढलेपछि एमालेका ओली पक्षका युवा नेताहरु वरिष्ठ नेता माधवकुमार नेपाल प्रति आ क्रा म क देखिएका छन् । ओली समुहका युवा नेताहरुले कोटेश्वर स्थित नेपालको घर घेर्ने तयारी गरेका छन् । बालुवाटारवाट ओलीलाई उनको नीजि निवास बालकोट लगेपछि सोही युवा समुह कोटेश्वर स्थित नेपालको घर घेराउन गर्ने तयारी गरेको प्रहरीले सूचना पाएको छ । .

सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो । युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ । प्रधानमन्त्री पद गुमेपछि वालुवाटार छोडेर नीजि निवास बालकोट पुगेका ओलीले अब एमालेमा माधव नेपालका लागि कुनै स्थान नभएको बताएका थिए ।

ओली निकट युवा नेताहरुले ओलीलाई बालकोट लैजान गरेको र्यालीका क्रममा नेपाल विरुद्ध चर्का नारा लगाएका थिए । ओली समूहका युवाहरुले कोटेश्वरमा माधव नेपालको पुतला जलाएका छन् । कोटेश्वरमा नेपालविरुद्ध नारावाजी गर्दै नेपालको पुतला जलाएका हुन् । उनीहरुले माधव नेपालको घर घेर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कोटेश्वरमा जमा भएका ओली समूहका युवाहरु अहिले भने तितरवितर भएका छन् । केपी ओलीलाई वालुवाटारबाट बाल्कोट पु¥याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेपछि निवासको सुरक्षा बढाइएको हो ।