काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई हिजो साँझ प्रधानमन्त्री पदको सपथ खुवाएको छ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा देउवालाई अदालतको फैसलाअनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको उल्लेख छ।

सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्रीको सपथ ग्रहणलगत्तै देउवा लैनचौरस्थित सहिद पार्कमा गएर सहिदप्रति श्रद्धाञ्जली दिने कार्यक्रम छ।

त्यसपछि देउवाले आजै प्रधानन्त्रीको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । पदभार ग्रहणपछि उनी आफ्नो निजी निवास बूढानीलकण्ठ जानेछन् । आज उनी निजी निवासमै बस्नेछन्।

स्रोतका अनुसार देउवाले ज्योतिषकै परामर्शमामात्रै वालुवाटार प्रवेश गर्ने तयारी गरेका छन् । केपी ओलीले सरकारी निवास वालुवाटार आज खालि गर्नेछन्।