काठमाडौं । उच्च अदालत विराटनगर, इलामको परिसरमै एक महिला कर्मचारी मृ त फेला परेको घटनामा एक जना प्रहरी नै पक्राउ परेका छन् । महिलाको ज्या’न लिएको अभियोगमा प्रहरी असई पक्राउ परेका हुन् । अदालतकै कार्यलय सहयोगी ४८ वर्षीया विमलादेवी निरौला अदालत परिसरमै मृ त फेला परेकी थिइन् । सो घटनामा संलग्न भएको अभियोगमा असई युवराज बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले प्रहरी असई पक्राउ परेको पुष्टि गरेका छन् ।

उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीशको सुरक्षा गार्डका रूपमा रहेका ३५ वर्षे बानियाँले घाँ टी थि चे को प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । निरौलाको शव कार्यालयको पछाडिपट्टि बलेंसीमा सोमबार बिहान साढे ७ बजे फेला परेको थियो।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी पराजुलीको शव कार्यालय पोसाकमै भेटिएका थियो। घटना अनुसन्धान क्रममा प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा बानियाँले घटना स्वीकार समेत गरेका छन् । दुवैजनाको फोन कल डिटेल र फेसबुकको कुराकानीका आधारमा बानियाँ पक्राउ परे पनि मंगलबार मात्र सार्वजनिक गरिएको हो।