काठमाडौ । आइतवार राति लामो समय देखि चल्दै आएको विवाद समाधानका लागि भन्दै कार्यदलले १० बुँदे सहमति सार्वजनिक गरेपछि माधव नेपाल पक्षका नेताहरुबाछ मिश्रित प्रतिकृया आएका छन् । केही नेताहरुले यसलाई सकारात्मक प्रतिकृया दिएका छन् भने केहीले आपत्ती जनाएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले पनि सहमतिमा कुनै आपत्ती नजनाएपनि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सहमतिका बुँदालाई गरेको ब्याख्याका बारेमा आपत्ती जनाएका छन् । उनले सर्वोच्च अदालतको मान हानी हुनेगरी थापाले गरेको ब्याख्या प्रति आपत्ती जनाएका हुन् । यसले नेपाल समुहमा सहमतिले हलचल पैदा गरेको अनुमान लगाउन सकिन्छ ।

माधव पक्षकै नेता योगेश भट्टराईले सहमतिको स्वागत गरेकै बेला अर्का नेता राजेन्द्र कुमार राईले भने कडा आलोचना गरेका छन् । उनले नेपाल प्रेससंग अन्तरवार्ता दिँदै कार्यदलमा भएको सहमतिलाई ब्यक्तिगत सहमति भनेका छन् । ओली समुहमा जान सहज होस् भनेर उनीहरु आफै सहमतिमा हस्ताक्षर गरेको उनको भनाई छ ।

उनले अन्तरवार्ताका क्रममा भनेका छन्, हस्ताक्षर हुनुअघि केन्द्रीय सदस्यसँग सल्लाह हुनुपर्थ्यो । कम्तीमा स्थायी कमिटी वा शीर्ष नेताहरूसँग त सहमतिका बुँदाबारे जानकारी गराउनुपर्थ्यो नि १ कुनै रायबिना आफूखुसी गरिएको सम्झौताले हाम्रो माग पूरा भएको छैन । जसरी केही नेताहरू मन्त्री र विभिन्न लाभका लागि माधव कमरेडको साथ छाडेका छन् । त्यसरी नै ओली गुटमा पस्न सजिलाको लागि सहमतिको नाममा यो हस्ताक्षर गरिएको हो ।

हाम्रो समानान्तर कमिटी जारी रहन्छ । विद्रोह भइरहन्छ । भुल्याउन र झुक्याउन खोजिएका कुनै कुरामा लाग्दैनौं ।