काठमाडौँ ।

 

नेकपा एमाले एक भएर अघि बढ्नका लागि पार्टी र सरकारमा पावर शेयरिङका लागि

 

प्याकेजमै सहमति हुनुपर्ने अडान वरिष्ठ नेता माधवकुमार

 

नेपालले लिएपछि वार्ता टोलीका नेताहरु औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् ।

 

बुधबार राति होटल म्यारियटमा अध्यक्ष केपी शर्मा ओलीसँग भएको वान टु वान वार्तामा वरिष्ठ

 

नेता नेपालले आफ्नो बटमलाइन प्रष्ट पार्दै पार्टी सञ्चालनमा बराबरी हिस्सेदारी मागेका हुन् ।

 

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्तामा सहभागी दोस्रो तहका एक

 

नेताले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार नेपालले अध्यक्ष मागेका छन् ।

 

उनले पार्टी सञ्चालन र हरेक निर्णयमा राजनीतिक तथा कानूनी

 

मान्यता हुनेगरी ओलीसँगै आफ्नो पनि हस्ताक्षर हुनुपर्ने बताएका छन् ।

 

नेता नेपालले प्रधानमन्त्री र अध्यक्ष दुईमध्ये एक पद ओलीले छाड्नुपर्ने बताउँदै आएका थिए । पछिल्लो समय वार्ता टोलीका

 

नेताहरुबीच भएका अनौपचारिक छलफल र सहमतिका प्रयासप्रति नेपालले उदासीनता प्रकट गर्दै आएका छन् ।

 

ओलीसँग भेट्न समेत नचाहेका नेपालले आफूनिकट नेताहरुको आग्रह र दबाबमा बुधवार राति भेटेका थिए ।

 

ओलीले आफूलाई विपक्षी गठबन्धनबाट अलग गराउने चालबाजीका

 

रुपमा मात्र वार्तालाई प्रयोग गर्न खोजेको नेपालको आशंका छ ।

 

वार्तामा सहभागी ती नेताले भने– वार्ता टोलीले काम त गरिरहेको छ, तर समस्या वार्ता टोलीमा होइन बाहिर छ ।

 

वार्ता टोलीले पार्टीलाई विधिसम्मत चलाउने र जेठ २ बाट अघि बढाउने सन्दर्भमा सहमति जुटाएको छ ।

 

तर माधव कमरेडले ओली बराबर पार्टी सन्चालनमा आफ्नो हिस्सा माग्नुभयो, जुन कुरा वार्ता टोलीले गर्न सक्दैन ।

 

स्रोतका अनुसार नेपालले प्याकेजमा सहमति हुनुपर्ने भन्दै सर्वोच्च अदालतको फैसलाअघि जसरी पनि

 

विपक्षी गठबन्धनबाट आफूहरुलाई अलग गराउनमात्र खोजेको हो भने त्यसमा नफस्ने बताएका छन् ।

 

उनले ओलीको आफूलाई कत्ति पनि विश्वास नरहेकोले प्याकेजमै लिखित सहमति हुनुपर्ने भनेका छन् ।

 

नेपाल निकट स्रोतले भन्यो– केपी ओलीको नियत फैसला

 

अघि एमाले एकठाउँमा छ भनेर देखाउनेमात्र हो । माधव नेपाल यसमा प्रष्ट हुनुहुन्छ ।

 

मिलेको भोलिपल्टबाट एकलौटी निर्णय गर्न थालिहाल्छन् ।

 

चुनावमा जाँदा माधव नेपालका मान्छेलाई टिकटनै दिदैनन्,

 

त्यसैले दुवै नेताको हस्ताक्षर भएको निर्णयमात्र कानूनी रुपमा मान्य हुने ग्यारेन्टी हुनुपर्छ भन्ने कुरा हो ।

 

एमालेको विधानअनुसार दुई अध्यक्ष रहने व्यवस्था छैन । तर राजनीतिक सहमति भएमा विधान संशोधन गर्ने वा विधान

 

अधिवेशनबाट त्यस्तो व्यवस्था गर्न सकिने तर्क पनि आएका छन् । तर ओलीले नेपालको शर्त मानेका छैनन् ।

 

ओली निकट स्रोतले भन्यो– माधव कमरेडको विधि पद्धति भनेको आफूलाई विधानमै नभएको दोस्रो अध्यक्ष र बराबरी हिस्सेदारी रहेछ ।

 

यो दुनियाँ हसाउने कुरा हो । उहाँलाई मिल्नै मन छैन, कार्यदलमा भएका साथीहरुले अब के निर्णय गर्छन् भन्ने हो,

 

उहाँले वार्तामा बस्दा समेत विभिन्न एजेन्सीका मान्छेहरुसँग परामर्श गरिरहनुभएको छ ।

 

ओलीले विपक्षी गठबन्धन छाडेको घोषणा गर्नुपर्ने कुरालाईमात्र शर्तका रुपमा अघि सारेको तर पार्टीलाई विधि

 

विधानअनुसार संस्थागत निर्णयका आधारमा चलाउने कुरामा चासो नदिएको नेपाल पक्षको आरोप छ ।

 

आफू तल पर्ने अवस्था आएपछि ओलीले वार्तालाई दाउपेचको रुपमा

 

लिएको र माधव नेपालले पद मागेको भनेर गलत हल्ला चलाएको नेपाल निकट स्रोतले जनाएको छ ।

 

कार्यदलमा रहेका नेताहरुले भने जेठ २ मा फर्काएर पार्टीलाई अघि बढाउने सन्दर्भमा सहमति

 

नजिक पुगे पनि पावर शेयरिङको विषय ओली र नेपाल दुईजनाबीच समझदारी भएमात्र सम्भव रहेको बताएका छन् ।