काठमाडौँ, २७ असार । काठमाण्डौको सिंहदरबारबाट बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू पक्राउ परेका छन्

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारै पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका अभियन्ता नारायण वाग्लेसहित १७ जना पक्राउ परेका हुन् ।

बिहान ११ बजे सिंहदरबार मार्चमा गएका अभियन्ताहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दलीय भागबण्डा नभइ वस्तुगत मापदण्डका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्ने अभियन्ताको माग छ ।