काठमाडौं -बिर अस्पतालको नयाँ सर्जकील भवनमा थप ५०० बेड थपिने बताइएको छ।

कोभिड–१९ युनिफाइड केन्द्रीय नव निर्मित भवनको उद्घाटनमा ५०० बेड थपिने अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतम जानकारी दिनुभएको छ ।

एचडियु जनरल ५०० बेड थप्न लागिएको हो । यस्तै अस्पताल रहेको २५ वटा आकस्मिक बेडलाई बढाएर १०० पुर्याउने,थप १०० आईसीयू बेड २०० पुर्‍याउने र मिर्गौला डाइलाइसिसको मेशिनलाई १५ बाट बढाएर १०० पुर्‍याउने, दैनिक ७५ वटा सर्जरी पुर्‍याउने लक्ष्य अनुसार काम भइरहेको डा. गौतमले बताउनुभयो।

त्यस्तै मिर्गौला प्रत्यारोपणको सेवालाई समेत बढाएर मासिक ३०० जनाको प्रत्यारोपण गर्ने गरी काम अघि बढिरहेको छ।  हाल अस्पतालमा २ वटा अक्सिजन प्लान्ट र १ लिक्विड ग्याँस ट्याङ्क जडान गरिएको डा. गौतमले बताउनुभयो।