नेपाली उबर चालक शोभाकर खड्कामाथि मास्क नलगाएका महिला यात्रुहरुको समुहले दु ब्र्यहा र गरेको भिडियो अमेरिकाका मुलधारका संचारमाध्यहरुमार्फत भाइरल भएको छ । उक्त समुहले नेपाली उबर चालकमाथि खोक्नुका साथै मास्क च्यात्ने, फोन खोस्ने, पि रो स्प्रे छ र्कने तथा अ पश ब्द बोल्ने लगायतका दु ब्र्यब हार गरेका छन् ।

सान फ्रान्सिस्कोका प्रहरी प्रवक्ताका अनुशार एकजना महिलाले उबर चालकमाथि पे पर स्प्रे ले आ क्रम ण गरेकी थिइन् । खड्काले आफूमाथि दक्षिण एसियाली आप्रवासी भएका कारण उनीहरुले निशाना बनाएको र विभेदकारी गा ली ग लौ ज समेत गरेको स्थानीय संचारमाध्यमलाई बताएका छन् ।

उबरले नेपाली चालकमाथि भएको यो आ क्र म ण भ या व ह भएको बताएको छ । उबरले दु ब्र्यब हार गर्ने यात्रुको एकाउन्ट खारेज गरिदिएको समेत जानकारी दिएको छ ।३२ बर्षका खड्कामाथि आइतबार दिउसो सिल्भर एभिन्यु र सान ब्रुनो एभिन्युमा दिउसो पौने १ बजे यस्तो दु ब्र्यब हार भएको हो ।

गाडीमा चढेकी एकजना महिलाले मास्क लगाउन अ स्वी कार गरेपछि आफूले गाडी रोकेको तथा मास्क किन्नका लागि ग्यास स्टेशनति गाडी लैजाने क्रममा ती महिलाले दु ब्य बहार सुरु गरेको बताएका छन् । भिडियोमा गाडीमा चढेकी महिलाले खड्कामाथि खो केको देख्न सकिन्छ ।

ती महिलाले हातबाट फोन खोस्नुका साथै चालकको मा स्क समेत च्या तेको भिडियोमा देखिएको छ । गाडीमा चढेका अन्य महिलाले चालकमाथि अ पश ब्द बोल्नुका साथै दु ब्र्यब हार गरेको भिडियोमा देखिएको छ ।