काठमाडौं – निषेधाज्ञा खुकुलो बनाएसँगै स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइ पूर्वक पालना नहुँदा सं’क्रमण बढ्दै जान सक्ने जनस्वास्थ्यविद्हरुले चेतावनी दिएका छन् ।

 

नेपालमा देखिएको डेल्टा भेरियन्टको नयाँ म्युटेसन बढी सं’क्रामक रहेको कारण र दोस्रो लहर पनि अझैँ नसकिएको अवस्थामा सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरुको भनाइ रहेको छ ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार सं’क्रमण दर ५ प्रतिशत भन्दा बढी भयो भने धेरै जोखिम मानिन्छ । संगठनको मापदण्ड भन्दा बढी २० देखि २५ प्रतिशतको हाराहारीमा नेपालमा संक्रमण दर रहेको तथ्याङ्क छ ।

 

यस्तो तथ्याङ्कलाई बेवास्ता गर्दै निषेधाज्ञा खुकुलो बनाएकाले पनि संक्रमण भयावह हुने उहाँहरुको तर्क रहेको छ । सो सम्बन्धमा जनस्वास्थ्यविद् डा. केदार बरालले अहिलेको समयमा यस्तै प्रकारले संक्रमणको अवस्था कायम रहे केही हप्तापछि सं’क्रमण ह्वात्तै बढ्ने दाबी गर्नुभयो ।

 

को’रोना परीक्षणको दायरा बढाई संक्र’मितहरु र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी आईसोलेशनमा राख्नुपर्ने भए पनि त्यसो हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो । “

पहिले निषेधाज्ञा जारी गरेपछि कोेरोना संक्र’मण दर विस्तारै कमजोर भएको थियो तर अहिले निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण दर बढ्नुले यो पुष्टि हुन्छ कि समाजमा अझैँ पनि को’रे’ना सं’क्रमण चलायमान नै छ” उहाँले भन्नुभयो ।

 

जनस्वास्थ्यविद् एवम् टेकु अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले पनि पछिल्लो समय सं’क्रमणको दर विस्तारै बढ्दै गइरहेको र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना नहुँदा आउँदा दिनमा अझैँ कोरोना संक्रमण बढ्न सक्ने बताउनुभयो ।

 

अहिले अस्पतालका आईसियूमा पनि विरामीको संख्या केही बढ्दै गइरहेको उहाँको भनाइ छ । यस्तै, प्राडा तथा जनस्वास्थ्यविद् डा. सुजनबाबु मरहठ्ठाले कोरोना रोकथामको सिद्धान्त भनेको स्वस्थ, शं’कास्पद र संक्र’मितलाई छुट्याउनु रहेकाले निषेधाज्ञा पछि यो सबै मिसिएका कारणले सं’क्रमण अझैँ बढ्न सक्ने उहाँको भनाइ छ ।