नारायणगढको पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंँदा एकको मृत्यु भएको छ भने अर्का घाईते भएका छन । स्कुटरमा पछाडि बस्ने भरतपुर महानगरपालिका वडा नम्बर १५ की विणु दवाडीको मृत्यु भएको छ भने सोही स्थानकी चालक जस्मिन न्यौपाने घाइते भएकी छिन । दुर्घटना दिउसो पौने १ बजे भएको होजिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणढको पुल्चोकमा गैंडाकोटबाट चौबीसकोठी तर्फ जाँदै गरेको ना५ख ५८१६ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भिर घाईते दवाडीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सवा दुईबजे मृत्यु भएको हो ।दुर्घटनाबाट गम्भिर घाईते दवाडीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सवा दुईबजे मृत्यु भएको हो । चालक न्यौपानेको सोही अस्पतालमा उपचार भईरहेको छ ।। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन ।