काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप चीनबाट आज नेपाल आइपुग्दै छ ।

नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० विमान भेरोसेलको खोपको पहिलो खेप अन्तर्गत ८ लाख डोज लिएर आज काठमाडौं आउँदैछ ।

निगमका अनुसार चालक दलका १२ जना सदस्यसहित विमान हिजो चीन उडेक

वाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।

सरकारले सरकार–सरकार (जिटुजी) सम्झौता मार्फत चीनबाट खोप ल्याउन लागेको हो।

त्यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते दोस्रो खेप ल्यााउने छ । त्यसैगरी साउन ७ गते पुनः जहाज चीन गएर साउन ८ गते तेस्रो खेपल ल्याउने छ।

 

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आइसकेको छ।