दार्चुलामा पहिरोले पु´रिएर एकै परिवारका दुईसहित तीन जनाको मृ´त्यु भएको छ । नौगाढ गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र प´हिरोमा परेर थप एक जनाको मृ´त्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृ´त्यु भएको जानकारी दिए ।

यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृ´त्यु भएको डिएपी भट्टले बताए । उनीहरु तीनै जनाको श´व प´हिरोबाट निकालिएको छ । पहिरोमा परेर नौगाढ गाउँपालिका-३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएको उनले बताए ।

जलविद्युत आयोजना बा´ढीले बगायो

नौगाढ गाउँपालिका-३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बा´ढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको एसपी भट्टले जानकारी दिए ।

बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले ब´गाएको उनले बताए ।

जिल्ला सदरमुकामबाट झण्डै ८ घण्टाको पैदल दूरीमा रहेको उक्त ठाउँमा पहिरोमा फसेका मानिसको उद्दारका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।

स्थानीयको सहयोगमा अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।