काठमाडौ । नेकपा एमाले भित्रको विवाद सुल्झाउन फेरी ब्युँताइएको कार्यदलको बैठक विहिवार पनि सुरु भएको छ । विहिवार विहान कार्यदलको बैठक सुरु भएको हो । सिंहदरवारमा कार्यदलका नेताहरु सहभागी भएका छन् ।

त्यसो त बुधबार साँझ एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच होटेल मेरियटमा छलफल भएको थियो । वार्ता बिनानिष्कर्ष टुंगिएको थियो ।

ओलीले विना सर्त आफुलाई सहयोग गर्नुपर्ने प्रस्ताव नेपाललाई राखेपछि नेपाल उठेर हिँडेका थिए । तर, नेताहरुले भने वार्ता सकारात्मक भएको बताएका छन् । त्यस्तै, कार्यदलको बैठकअघि आज नेताहरु भीम रावल र विष्णु पौडेलले सिंहदरबारमा छलफल गरेका छन् ।

रावलले बैठकअघि नेता नेपालसँग पनि छलफल गरेका छन् । बुधबार बसेको बैठकपछि नेताहरुले आजको बैठकबाट निष्कर्षमा पुग्न सक्ने सम्भावना रहेको प्रतिक्रिया दिएका थिए ।