काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल छलफलमा जुटेका छन् । अहिले काठमाडौंको मेरियट होटेलमा दुई नेताहरूबीच छलफल भइरहेको छ ।
लामो समयदेखि पार्टीभित्र देखिएको समस्या समाधानको प्रयासस्वरूप फरक फरक खेमाको नेतृत्व गरिरहेका दुई नेताहरू छलफलमा जुटेका हुन् ।
एमाले दोस्रो तहका नेताहरू दुई नेताहरूबीच भेटवार्ता गराउन केहीदिनदेखि सक्रिय भएका थिए । विवाद समाधान गर्न बनाइएको कार्यदल निष्कर्ष नजिक पुगेको बताइएका बेला ओली र नेपाबीच भेटवार्ता भएको हो ।