काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण जारी छ ।

नेपाली टोलीले एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण गरेको हो ।

खेलाडीमा कोरोना संक्रमण देखिएपछि गत साताबाट सुरु गर्ने भनिएको बन्द प्रशिक्षण रोकिएको थियो ।

तर, एन्फाले आइतबारबाट बन्द प्रशिक्षण सुरु गरेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएका छन् ।

प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।