काठमाडौ । नेकपा माओवादी केन्द्रका अर्का एक नेताको पनि निधन भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको सो पार्टीले जनाएको छ । क्या न्स र रोगबाट पीडित ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन् । प्रचण्डले उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक संघर्षशील नेता गुमाउनुका साथै पार्टीले समर्पित सहकर्मी गुमाएको उल्लेख गरेका छन् । यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको पनि प्रचण्डको भनाइ छ । प्रचण्डले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

मंगलवार मात्र माओवादी नेता पम्फा भुषालकी आमाको निधन भएको थियो । उनको निधनमा दुख ब्यक्त गर्दै प्रचण्ड श्रद्धाञ्जली दिन पुगेका थिए । उनले पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएका थिए ।

यादवले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । उनी महान् सहिद रामबृक्ष यादवलाई आदर्श मान्दै मुक्तिकामी आन्दोलनहरुमा सक्रिय सहभागी बनेका थिए ।