काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँग कुरै गर्न नचाहेको गुनासो गरेका छन् ।

केन्द्रीय कमिटीको शुक्रवारको बैठकमा ओलीले आफूसँग नेपालले वार्ता गर्न नचाहेको सुनाएका हुन् ।

बिहीबार बेलुका आफूले भेटौं भनेर आग्रह गरेको बताउँदै ओलीले २०-२५ मिनेट फोनमा कुरा भएको पनि जानकारी दिए । ओलीले भने, ‘मैले भेटौं भनेर हिजो बेलुकी माधवलाई फोन गरें ।

२०-२५ मिनेट कुरा गरेँ । भेटौँ भन्दा माधवले मान्नुभएन । ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ’ भन्नुभयो ।