काठमाडौं, २१ असार । राष्ट्रिय सभाको बैठकमा सांसद कोमल वलीले विपक्षी दलहरुलाई बाँदरको संज्ञा दिएकी छिन्।

सोमबार राष्ट्रिय सभा बैठकमा धारणा राखेकी नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य वलीले ‘बाँदरको जमात र अमृतपानको सपना’ नामक कविता सुनाउँदै विपक्षीप्रति अभद्र रुपमा प्रस्तुत भएकी हुन् ।

भद्र र विद्वानहरुको सभाका रुपमा परिचित राष्ट्रिय सभामा वलीले सरकारको विरोध गरिरहेका दलहरुलाई लक्षित गर्दै प्रस्तुत गरेको कविता यस्तो थियोः

बाँदहरुको आफ्नो देश हुँदैन
बाँदरहरुको निश्चित भेष हुँदैन
छेपाराजस्ता मौसमी रङ बदल्ने
बाँदहरुको स्थायी परिवेश हुँदैन
कहिले मिलेका छन्, कहिले फुटेका छन्
इश्र्याको भट्टीमा आफैंले भुटेका छन्।
आँखाभरि लोभपापको पिपासा बोकेर
आजकाल विनाशकारी बाँदरहरु
विनाशको मेलामा जुटेका छन्।
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरवास बन्न सक्थे
आखिर बाँदर न हुन्, भोलिको प्रतिक्षा कहाँ गर्न सक्छन्
आफ्नै बासमा आगो फुकेर भागभाग छ आज यिन्को