काठमाडौ । जातिय विभेदलाई बढावा दिएको भन्दै आलोचना पाइरहेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ विरुद्ध रुपा सुनार अदालत पुगेकी छन् । उनलाई मन्त्रीवाट बर्खास्त गर्न माग गर्दै रुपाले अदालतमा रिट दिएकी छन् । उनले श्रेष्ठलाई पदबाट हटाइ कारवाही गर्न माग राखेकी छन् । श्रेष्ठले रुपालाई जातिय विभेद गरेको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई झण्डा हल्लाउँदै मन्त्रीकै गाडीमा लिफ्ट दिएर प्रहरी कार्यालयवाट घर ल्याएका थिए ।

मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई लिफ्ट दिएको भन्दै आलोचना भइरहेको थियो । उनले सोही विषयलाई मु द्दा बनाएर अदालतमा रिट दायर गरेकी हुन् । प्रहरीको अनुसन्धानलाई समेत मन्त्रीको यस्तो कृयाकलापले असर गरेकाले उनलाई मन्त्रीवाट हटाउन माग गरिएको छ ।

दलित भएका कारण काठमाडौं बबरमहलकी सरस्वती प्रधानले डेरा भाडामा नदिएपछि रूपाले कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरीमा जाहेरी दिएपछि प्रधानलाई प्रहरीले हिरासतमा लिएको थियो । उनलाई हाजिरी जमानीमा छाडिएपछि शिक्षामन्त्री श्रेष्ठले आफ्नो गाडीमा राखेर घर पुर्‍याएका थिए