पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा सडक भासिएको छ । लगातारको वर्षासँगै आज बिहान सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र सञ्चालनमा आएको छ ।केही महीनाअघि मात्रै कालोपत्र थपिएको सो सडकमा लगातारको वर्षाका कारण छेउ भासिएको हो । काठमाडौँ भित्रिने मुख्य राजमार्ग नै भासिएपछि एकतर्फी मात्र सञ्चालन हुँदा सवारी साधन जाम भएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार केही वर्षदेखि फिस्लिङ खण्डको सडक भासिएको थियो। इञ्जिनियर शिव खनालले सडक भासिएकोले त्यहाँ ग्राभेल राख्ने काम आइतबार सुरू गरिएको जानकारी दिए।

‘अहिले माटो, ग्राभेल र ढुंगा राखेर भासिएको सडक मर्मत थालेका छौं,’ उनले भने, ‘फेरि सडक भासियो भने दीर्घकालीन रूपमा नै मर्मत गर्नुपर्ने हुन्छ।’सडक भासिँदै गएमा पछि मुग्लिन-मलेखु आयोजनाले मर्मत गर्ने उनले बताए।‘सडकको दबेको भागमा ग्राभेल थप गर्दै तत्काल सडक सुचारू गर्न लागेका हौं,’ उनले भने।

सडक भासिनुको कारण भने त्रिशूलीको भेलले कटान गर्नु रहेको उनी बताउँछन्। ‘त्रिशूली नदीले बेश कटान गरिराखेको छ, त्यसैले सडक भासिएको हो,’ उनले भने, ‘कटानले नै सडकको भाग विस्तारै विस्तारै तल झरिरहेको छ।’ सानो प्रयासबाट सडक भासिने काम रोक्न नसकिने उनले बताए। तत्काल सडकमा सवारी साधन चलाउन माथिबाट माटो थप गर्न लागेको उनको भनाइ छ।

यस्तो समस्या यसअघि कुरिनटार र मुग्लिन-नारायणगढ सडकमा पनि देखा परेको थियो। ‘यस्तो समस्या समाधान गर्न त्रिशूलीको किनारमै गएर उपचार गर्नुपर्ने हुन्छ,’ उनले भने। सडक भासिएकोले फिस्लिङ क्षेत्रमा