साइप्रसले भीषण रुपमा फैलिएको डढेलो नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि अपील गरेको छ ।

साइप्रसमा अहिलेसम्मकै खराब र भीषण डढेलो लागेको त्यहाँका आधिकारीहरुले बताएका छन् । तीव्र गतिमा चलेको हावाका

कारण डढेलो फैलिँदै गएको छ । दक्षिणी लिमासोल जिल्लामा डढेलो लागेको हो ।

जसका कारण विभिन्न गाउँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । दर्जनौँ घरहरु डढेलोका कारण ध्वस्त भएका छन्,

तर अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

साइप्रसमा विगत एक हप्तादेखि अत्याधिक गर्मी भएको छ । तापक्रमण ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा

विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।