खानीखोला गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी ठुलो संख्यामा नेकपा एमालेमा प्रवेश भएका छन् ।

नेकपा एमाले मिल्चे ७ न. वडा कमिटीले नवप्रवेशी कार्याकर्तालाई भव्य स्वागत गरेको छ । काङ्ग्रेस परित्याग गरी ६ न.वडा भ्याकुरेका योगेन्द्र पुलामी, वडा न. ७ का तिलक बहादुर दर्लार्मीको नेतृत्वमा एक हजार जना भन्दा बढी एमालेमा समाहित भएका हुन् ।

साउन २५ मा विधान सम्मेलन गर्ने एमालेको निर्णय

नेकपा एमालेले साउन अन्तिममा विधान सम्मेलन गर्ने भएको छ । साथै निर्वाचनसँग जुध्न गए महाधिवेशन वैशाखमा सार्ने प्रस्ताव पेश भएको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको केन्द्रीय कमिटी बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ ।

यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको एक केन्द्रीय सदस्यले जानकारी दिए

। बैठकमा महासचिव ईश्वर पोखरेलले निर्वाचनको मितिसँग जुध्न गएमा दशौं महाधिवेशन भने आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेश गरेका छन् । यसअघि दशौं राष्ट्रिय महाधिवेशन मसिर २ देखि ६ सम्म गर्ने निर्णय भएको थियो ।

यो नि पढ़नुस

काठमाडौं । नेकपा एमालेले विदेशबाट फर्केर आएकाहरुलाई संगठित गर्न जनवर्गीय संगठन निर्माण गर्ने भएको छ ।

वैदेशिक रोजगारी तथा लामो समय विदेशमा बसेर फर्केहरुलाई संगठित गर्नका लागि यस्तो जनसंगठन निर्माणका लागि लिखित प्रस्ताव पेश भएको छ ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य माधव ढुंगेलले सो प्रस्ताव पेश गर्दै संगठनको लिखित अवधारणा अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् ।

‘रिटर्नी फेडरेशन नेपाल’ नाम प्रस्ताव गरी यसको विधान तथा अन्य विषय समेटिएको छ ।

विदेशबाट फर्किएका एमाले समर्थक तथा सदस्यहरु अहिले सातै प्रदेशमा संगठित भइरहेको र उनीहरुलाई पार्टीले औपचारिक रुपमा जनवर्गीय संगठनभित्र समेटेर लैजानुपर्ने ढुंगेलले बताए ।