नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चबाट हस्ताक्षर फिर्ता नलिने व्यक्ति एमाले नरहने बताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला नहुँदासम्म हस्ताक्षर फिर्ता लिने व्यक्ति एमाले हुन नसक्ने उनले बताएका ह्नु ।

शनिबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘मुद्दाको फैसला हुँदासम्म एमाले ढाल्ने, प्रतिपक्षी दलको नेताको सरकार बनाउनेहरू एमाले नेता रहन्नन् ।’

पार्टी एकताको लागि आफूहरू लचिलो भएको तर नेता नेपाल पक्ष त्यसअनुसार अगाडि नआएको ओलीको भनाइ थियो ।

आज पनि नेता नेपालसँग फोन वार्ता भएको उनले बताए ।

आफूहरूलाई अल्मल्याउनका लागि नेपाल पक्षले वार्ता भनेर दुई जनालाई लगाएको पनि ओलीले बताए ।