महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको क्रियाशिल सदस्यता बितरणमा नेताहरुबीच देखिएको विवाद समाधान भएको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशिल सदस्यता बितरणमा देखिएको समस्या सहमतिमा नै टुङ्गाउने सहमति भएको हो ।

क्रियाशिल सदस्यताका बारेमा परेको उजुरी र गुनासो सहमतिमा नै टुङ्गाउने सहमति भएको कांग्रेस नेता एवं क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए।

त्यस्तै अन्य दलबाट कांग्रेसमा समाहित भएका दलका सदस्यको नविकरण पनि सहमतिमा नै गरिने उनको भनाई छ ।

उनका अनुसार हालसम्म ४ लाख सदस्यले नविकरण गरेका छन् भने ४ लाखको हाराहारीमा नै नयाँ सदस्यता इन्ट्री भएको छ ।

उनले क्रियाशिल सदस्यताका बारेमा अव कुनै समस्या नरहेको जानकारी दिए।

उनले तोकिएको समयमा नै महाधिवेशन र अन्य जिल्ला अधिवेशन हुने जानकारी पनि दिए।