क्यानडा पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

कामदार भिसामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी सर्लाही लालबन्दीका ३० वर्षीय यमुना बस्नेतको १७ लाख ठगी गरेको आरोपमा २१ वर्षीय प्रजिन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

काभ्रे जिल्लाको पाँचखाल घर भई हाल नयाँबानेश्वरमा अधिकारीले रकम लिई आलटाल गरी सम्पर्क विहीन भई भएको जाहेरीको आधारमा उनलाई महाशाखाको विशेष टोलीले बिहीवार गते काभ्रेबाट पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ।

साथै प्रजिन अधिकारीले विभिन्न व्यक्तिहरूलाई कामदार भिसामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनी झुक्याई प्रलोभनमा पारी करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत भन्ने बुझिन आएको प्रहरीले जनाएको छ ।

उनलाई अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ