ललितपुरको थापाथलीस्थित बागमति नदीको सतह बढेपछि ललितपुरका प्रमुखहरुले निगरानी बढाएका छन् ।

सम्भावित खतराबाट जोगाउन प्रमुखहरुले स्थलगत भ्रमण गरेर पूर्वतयारीको बारेमा सचेत बनेका छन् ।

अविरल वर्षाका कारण देशका धेरै स्थानमा दुःखद खबर आइरहँदा प्रमुखहरुले सतर्कता अपनाउन कस्सिएका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौला, ललितपुर प्रहरी परिसरकी प्रमुख तथा एसएसपी किरण बज्राचार्यसहितको टोलीले स्थलगल अवलोकन गरेर पूर्व सतर्कता अपनाउने बारेमा छलफल गरेका हुन् ।