चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको १४ किलो भन्ने ठाउँमा ठूलो ढुङ्गा खसेको छ । सो स्थानमा एकतर्फी यातायात संचालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सडकखण्ड अन्तर्गत अन्य ठाँउको पहिरो हटाइएको छ । अहिले सडकखण्ड एकतर्फी रुपमाा संचालनमा आएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान मात्रै १४ किलोमा खसेको ढुङ्गा हटाइने प्रहरीको भनाई छ ।

नारायणगढ मुग्लिङ सडक खण्डको १४ किलोमा बाटोमा खसेको ठुलो ढुङ्गा हटाउनलाई ब्रेकर आवश्यक पर्ने भएकोले ढुङ्गा हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।