मन्त्रिपरिषद् बैठकले चार जना सहसचिवहरुलाई सचिव पदमा बढुवा गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरू डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिव पदमा बढुवा गरेको हो ।

डा. दामोदर रेग्मी वरिष्ठताका आधारमा सचिव पदमा बढुवा भएका हुन् ।

अन्य तीन पदमा ९ जनाको सिफारिस भएको थियो ।

गणेशप्रसाद पाण्डे प्रशासतर्फ, डा. कृष्णप्रसाद आचार्य कृषि तथा वन सेवा र प्रमिला बज्राचार्य इन्जिनियरिङ सेवाबाट सचिव पदमा बढुवा भएका हुन् ।

प्रशासनतर्फ थप ६ सचिवको पद अझै रिक्त रहेको छ ।

लोक सेवा आयोगको पदाधिकारी नियुक्तिमा ढिलाई हुँदा कर्मचारीहरुको बढुवा प्रक्रिया प्रभावित बनेको थियो ।

अघिल्लो साता आयोगमा पदाधिकारी नियुक्त भएसँगै बढुवा प्रक्रिया सुरु भएको हो ।