एउटा निर्णय लिएका छन् । ओलीले सरदार भक्ति थापालाई मन्त्रिपरिषद्बाट राष्ट्रिय विभूति घोषणाको निर्णय गराएका हुन् । यो निर्णयले नेपाली सेनामा खुसियाली ल्याएको छ ।

भक्ति थापा प्रधानसेनापति पूर्णचन्द्र थापाका पुर्खा हुन् । भक्ति थापा प्रधानसेनापति थापाको छैठौं पुस्ता भएको बताइन्छ ।

भक्ति थापालाई नेपाली सेनाले पनि सम्मानित व्यक्तित्व भनेर सम्मान गर्दै आएको छ । यस्तोमा सरकारले राष्ट्रिय विभूति घोषणा गरेपछि सेनामा खुसियाली छाएको हो । युद्धका कमाण्डरको राज्यले कदर गरेको सैनिक अधिकारीहरुको टिप्पणी छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङका अनुसार १४ गतेको मन्त्रिपरिषद बैठकले भक्ति थापालाई राष्ट्रिय विभूतिको सूचीमा समावेश गर्ने निर्णय गरेको हो ।

नेपाल एकीकरणको अभियानको क्रममा देउथलमा अंग्रेज सेनासँग लड्दालड्दै ७३ वर्षीय थापाले वीरगति प्राप्त गरेका थिए ।

१९७२ साल वैशाख ६ गते उनको मृत्यु भएको इतिहासमा पढ्न पाइन्छ । अंग्रेज सेनाले साहसी सैनिकको रुपमा सम्मान गर्दै उनको शवलाई पूर्ण सम्मानका साथ फर्काएको थियो ।

लम्जुङमा जन्मिएका भक्ति थापा गोरखासँगको अन्तिम युद्धमा पराजित भै युद्धबन्दीका रूपमा काठमाडौं पुगेको र करीब एक वर्षपछि उनी नेपाली फौजका सरदार भै नेपाल एकीकरण अभियानमा संलग्न भएको बताइन्छ ।

पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा भक्ति थापाको महत्वपूर्ण योगदान रहेको बताइन्छ । ७३ वर्षको वृद्ध उमेरमा पनि सैनिकका रुपमा उनको हिम्मत र जोशलाई प्रेरणाका रुपमा लिइन्छ ।