काठमाडौँ, १७ असार । सरकारले भक्ति थापालाई नेपालको राष्ट्रिय विभूति घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री वसन्तकुमार नेम्बाङले जानकारी दिनुभयो ।

योसँगै राष्ट्रिय विभूतिको संख्या १७ पुगेको छ । नेपाल–अंग्रेज युद्धका योद्धा थापालाई लामो समयदेखि राष्ट्रिय विभूति घोषणा गर्न माग गरिँदै आएको थियो ।

७३ वर्षको उमेरमा देउथलमा तत्कालीन इस्ट इन्डिया कम्पनी (अंग्रेज) विरुद्ध खुकुरी लिएर लडेका थापाको यही लडाइँमा मृत्यु भएको थियो ।

नेपाल–अंग्रेज युद्ध सन् १८१५ मा सकिएको थियो ।

राष्ट्रिय विभूतिहरू

गौतम बुद्ध
अंशुवर्मा
सीता
जनक
अरनिको
रामशाह
अमरसिंह थापा
पृथ्वीनारायण शाह
भानुभक्त आचार्य
भीमसेन थापा
बलभद्र कुँवर
त्रिभुवन
मोतीराम भट्ट
शङ्खधर साख्वा
पासाङल्हामु शेर्पा
महागुरु फाल्गुनन्द
भक्ति थापा