काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले के आफू ढुल्मुले नै हो त ? भन्दै प्रश्न गरेका छन् ।

उनले म कहिले यता, कहिले उता हुनु मेरो कमजोरी हो त भन्दै बुद्धिजीवीहरुसँग जिज्ञासा राखेका हुन् ।

उनले संविधानसभाबाट संविधान घोषण गर्दा धेरै ठूलो चूनौतिको पार गरेको स्मरण गराउदै आफू चुनौतीहरुलाई पार लगाउन यताउता गर्न बाध्य भएको बताए ।

उनले आफुहरुमध्ये एक थरीले अहिले संविधान नबनाऔं भन्ने तत्व र प्रवृत्ति रहेको पनि स्मरण गराए ।

उनले भने,‘ धेरै ठूलो दबाब, अप्ठ्यारो, जटिलता र चूनौतिको सामना गरिएको थियो । अहिले कथा व्यथा यहाँ फुकाउन उपयुक्त पनि छैन् ।

निर्वाचन नहोस् भन्नको लागि पनि हामीले त्यस्तै अप्ठ्यारा र जटिलताको सामाना गरेकै हो ।

हामीले जोखिम उठाएर भएपनि निर्वाचनमा गएका हौं । मधेशमा त्यतिवेला आन्दोलन थियो । मधेशलाई समेत पनि सहभागी गरायौं ।

र, निर्वाचन सम्पन्न गर्यौं । अहिले देशमा फेरि संकट आईरहेको छ । निर्वाचनबाट बनेको जनप्रतिनिधिबाट बनेको संस्थामाथि संकट आएको छ । केपी ओलीले नेतृत्व गर्ने प्रवृत्ति र हाम्रो प्रवृत्ति एउटै होईन् ।’

विपक्षी गठबन्धनले काठमाडौंमा बुद्धिजीवीहरुसँग गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।