काठमाडौँ : युट्युबको कुनै पनि भिडियो हेर्दा त्यस अघि र बीच-बीचमा देखाइने विज्ञापनमा ‘ड्र’पसिपिङ’ शब्द तपाईंले धेरैपटक सुन्नु भएको होला । १६ वर्षका बालकले पनि ड्र’पसिपिङ गरेरै लाखौं करोडौं कमाएको सुन्नु भएको होला ।

सुन्दा यो कुनै ठ’गी स्किम जस्तो लाग्न सक्छ । तर यो वास्तविकता हो । सीप र वुद्धि हुनेहरूका लागि इन्टरनेटले पैसा कमाउने बाटो खुलाइदिएको छ । यिनै मध्येको एक हो ‘ड्र’पसिपिङ’ व्यवसाय ।पहिलो को’रोना कहरसँगै विश्वभर लागु भएको निषेधाज्ञापछि ‘इकमर्स’ शब्द निकै सुन्नमा आयो । यही ‘इकमर्श’को एउटा विशेष स्वरुप हो ‘ड्र’पसिपिङ’ ।

के हो त ‘ड्र’पसिपिङ’ ?’ड्र’पसिपिङ’ संसारको कुनै कुनामा बसेर इन्टरनेटको माध्यमबाट विश्वभर गर्न सकिने इकमर्स व्यवसाय हो । पछिल्लो समय प्रविधिको ज्ञान भएका युवा तथा उद्यमीहरूबीच लोकप्रिय यस किसिमको व्यवसायको चलन चि’नियाँ इकमर्स स्टोर अलिबाबा सार्वजनिक भएपछि सन् २००६ तिर सुरु भएको हो ।

प्रारम्भमा यस्तो किसिमको व्यवसायबारे कसैलाई थाहा थिएन । त्यसैले केही चलाख उद्यमीहरूले यो व्यवसाय गरेर धेरै नाफा आर्जन गरेका थिए ।’

ड्र’पसिपिङ’ अनलाइनको माध्यमबाट गरिने एक किसिमको ‘रिटेल विजनेस’ हो, जसमा व्यवसायीले उपभोक्ताबाट सामानको अर्डर लिन्छ र तेस्रो पक्षको स्टोरबाट सामान लिएर तेस्रै पक्षबाट आ’पूर्ति गराइ बीचमा ठूलो नाफा लिन्छन् ।

‘ड्र’पसिपिङ’मा व्यवसायीले कुनै पनि किसिमको ‘स्टक’, भण्डारण वा ‘इन्भेन्ट्री’ राखेका हुँदैनन् ।सामान्यतया ‘ड्र’पसिपर’हरूले इकमर्स साइट ‘सो’पिफाईभित्र आफ्नो छुट्टै स्टोर बनाएर चि’नियाँ इकमर्स साइट अलि एक्सप्रेसमा राखिएका सस्तो सामाग्रीलाई पुन आफ्नो स्टोरमा लि’स्टिङ गरी राख्दछन् ।

छुट्टै नाम र ब्रान्ड दिएको आफ्नो स्टोर र ती सामाग्रीलाई अब ड्र’पसिपरले फेसबुक जस्तो सोसल मिडियाबाट मार्केटिङ गर्दछ ।

फेसबुक ए’डको ए’ल्गोरिदमले ती विज्ञापन लक्षित ग्राहकहरूमाझ पुर्‍याउँछ र उनीहरूबाट से’ल्स अर्डर आएको खण्डमा त्यो ठूलो नाफाको मा’र्जिनमा बिक्री हुन्छ ।

ग्राहकबाट से’ल्स अर्डर आएपछि ड्र’पसिपरले ग्राहकको ठेगाना र सामाग्रीकको अर्डर अली एक्सप्रेसमा पठाएर अली एक्सप्रेसबाटै सामानको डेलिभरी गरेर बीचमा मोटो नाफा आर्जन गर्दछन् ।वसन्त घर्ती ड्रपसिपिङको व्यवसाय एउटा देशको सीमाभित्र सिमित हुँदैन यो अन्तरसीमामा सम्पन्न हुने व्यवसाय हो ।

यसका लागि ठूलो टिमको पनि आवश्यक पर्दैन । पछिल्लो समय केही नेपाली युवाहरू पनि ड्र’पसिपिङमा संलग्न भएर छोटो समयमै लाखौँ-करोडौं रुपैयाँ कमाउन सफल भएका छन् ।सुर्खेतका २८ वर्षिय वसन्त घर्ती सन् २०१७ देखि ड्र’पसिपिङमा संलग्न छन् ।

अ’फिलियट तथा इमेल मार्केटिङको क्षेत्रमा काम गर्दै आइरहेका वसन्त जर्मनीमा बसोबास गर्दै आइरहेका असिम न्यौपानेसँगको सहकार्यमा ड्र’पसिपिङ व्यवसाय सञ्चालन गरिरहेका छन् । २०२० मा लागु भएको पहिलो निषेधाज्ञा यता गति लिएको उनीहरूको व्यवसायले त्यसयता अहिलेसम्म २० लाख डलरभन्दा धेरै रकमको बिक्री गरिसकेको छ ।

जसबाट आफूहरूले करोडौं रुपैयाँको नाफा कमाइसकेको वसन्त बताउँछन् ।यस्तै काठमाडौंमा बसोबास गर्दै आइरहेका इटहरीका १९ वर्षीय सिदार्थ बुढाथोकीले पनि ड्र’पसिपिङ गरेरै लाखौं लाख रुपैयाँ खूद नाफा आम्दानी गरिसकेका छन् । सिदार्थले पनि १६ वर्षको उमेरमा २०१८ बाट ड्र’पसिपिङ सुरु गरेका हुन् ।

इजरायली ‘अनलाइन मार्केटप्लेस फिभर’मा ‘फ्रि’ल्यान्सिङ’ गरिरहेका सिदार्थले इन्टरनेटमा ड्रपसिपिङबाट मानिसहरूले करोडौं डलर कमाइरहेको सुनेपछि युट्युबमा भिडियो तथा गुगल सर्च गरी यसबारे अध्ययन गर्न थालेका थिए । इकमर्सबारे छलफल हुने फेसबुक पेजहरूबाट उनले परामर्श लिन थाले ।

२०१८ देखि ड्रपसिपिङ सुरु गरेपनि सिदार्थको व्यवसायले गत वर्ष २०२० को नोभेम्बरदेखि प्रतिफल दिन सुरु गर्‍यो । त्यसयता उनले करोडौं डलरको सामान सिपिङ गरी ‘मल्टिपल सिक्स फिगर’ डलरको खूद नाफा आर्जन गरिसकेका छन् ।यति आकर्षक आम्दानी सुन्दा जो कोही पनि ड्रपसिपिङ गरी पैसा कमाउन तिर आकर्षित हुन्छन् ।

यसबारे युट्युबमा पनि एकदमै उत्साहजक भिडियो र टिप्सहरू राखिएका हुन्छन् । सतही रूपमा हेरेर जो कोही ड्रपसिपिङ गर्न ला’लाहित हुन्छन् ।नेपाली युट्युबर युवा स्वागत ज्ञवाली पनि ड्रपसिपिङका यही कुराबाट आकर्षित भएर केही समयअघि उनले ड्रपसिपिङ सुरु गरे।

‘वस्तुदेखि सिपिङ सबै थर्ड पार्टीले नै गर्ने र आफूले मध्यस्तता मात्र गरेर धेरै पैसा कमाउन सक्ने थाहा पाएपछि मैले पनि केही समयअघि ड्रपसिपिङ सुरु गरेको थिएँ,’ स्वागत भन्छन् ।तर युट्युब र सतही चर्चामा जे सुनिन्थ्यो स्वागतले ड्रपसिपिङलाई त्योभन्दा फरक पाए ।

‘प्रोडक्ट’ चयन गरेर ‘सोपिफाई’मा स्टोर बनाइ हजार डलरको सोसल मिडिया मार्केटिङ गर्दा समेत एक डलरको मात्र सेल्स अर्डर आएपछि स्वागतले हजार डलरको लगानीलाई माया मारेर ड्रपसिपिङ व्यवसायलाई नै छोडिदिए ।ड्रपसिपिङ वास्तवमा सुने र सोचे जस्तो सजिलो नहुने वसन्त घर्ती बताउँछन् ।

सातदेखि आठवटा प्रोडक्टसम्म बजारमा परीक्षण गरी सोसल मिडियामार्केटिङ गरेर दस हजार डलर डुबाएपछि मात्र उनको व्यवसायले पनि ‘ब्रे’कथ्रु’ लिन सकेको हो ।ड्रपसिपिङमा प्रोडक्ट छनौट गर्नु प्रमूख चु’नौती रहेको वसन्त बताउँछन् । प्रोडक्टको माग र ट्रेन्डिङलाई पहिचान गर्नदेखि बजार र लक्षित ग्राहकलाई चिन्न सकेको खण्डमा मात्र ड्रपसिपिङ राम्रोसँग गर्न सकिने वसन्तको अनुभव छ ।

‘ड्रपसिपिङमा लाग्नेमध्ये ९७ प्रतिशत मानिसहरू सही प्रोडक्ट छनौट गर्न नसकेर असफल हुन्छन्,’ वसन्तले भने, ‘यसमा बारम्बार सफल नभएसम्म प्रोडक्टहरूमाथि परीक्षण गर्नुपर्छ । यसका लागि प्रोडक्ट छनौट गरिसकेपछि त्यसको सोसल मिडियामा मार्केटिङ गर्दा भारी खर्च लाग्छ ।

गलत प्रोडक्ट चयन गरेको अवस्थामा त्यो असफल हुन्छ र लगानी सबै डु’ब्न सक्छ । यी सबै कुराका लागि तयार भएर धैर्य धारण गर्न सक्नुपर्छ ।’सिदार्थले पनि सुरुवातमा यही स’मस्या भोगे । सुरुमा उनले आइफोन कभरको एउटा प्रोडक्ट पिक गरी सोसल मिडियामा मार्केटिङ गरेँ तर त्यसबाट उनलाई सेल्स अर्डर पर्याप्त नआएपछि उनको लगानी डु’ब्यो ।

केही अन्य थप प्रोडक्ट परीक्षण गरेपछि पनि उनी सफल हुन सकेनन् । सेल्ड अर्डर नै नआइदिने हजारौं डलर जसको नेपाली मूल्य लाखौं रुपैयाँमा हिसाब हुन्थ्यो ती सबै पैसा सोसल मिडिया मार्केटिङमा खर्च हुने तर परिणाम शून्य हुने । सौभाग्यवश बलियो आर्थिक पृष्ठभूमि भएको परिवारबाट आएको हुँदा सिदार्थलाई राम्रा कामलाई लागि आर्थिक स्वतन्त्रता र सुविधा थियो ।

वसन्त पनि ड्रपसिपिङ गर्न अघि आर्थिकरुपमा व्यक्ति मजबूत र स्वतन्त्र हुनुपर्ने बताउँछन् । २०१० बाट अफिलियट मार्केटिङमा प्रवेश गरेका वसन्तसँग २०१६ अघिसम्म मल्टिपल सिक्स फिगर डलरभन्दा धेरै बु’ट्सट्रयापिङ पूँजी कमाउनुका साथै र बलियो र व्यापक नेटवर्क बनाउन सफल भइसकेका थिए जसकारण उनले खुलेर खर्च गर्न सके ।

सुरुवातमा त वसन्त पनि अली एक्सप्रेसमा सूचीकृत भएका टप ट्रेन्डिङका प्रोडक्टहरू चयन गर्ने गर्दथे जसले गर्दा ड्रपसिपिङको मार्केटमा उनले कडा प्र’तिस्पर्धासिदार्थ बुढाथोकी सिदार्थ बुढाथोकी झे’ल्नुपर्थ्यो । उच्च प्र’तिस्पर्धा कारण प्रोडक्ट बिक्री हुन सक्दैन थिए ।

तर पछि उनले ट्रेन्डिङमा भए पनि सबैतिर नपुगिसकेको र भविष्यमा राम्रो सम्भावना बोकेका प्रोडक्टहरू चयन गर्न थाले । कहिलेकाँही प्रोडक्ट ट्रेन्डिङमा नभए पनि भोलिको दिनमा प्रोडक्टको डिमान्ड बन्न सक्छ भन्ने अनुमान गरेर उनी प्रोडक्ट चयन गर्दथे । यसरी उनको विजनेसले ब्रेकथ्रु लिन सक्यो ।

‘मेरो ब्रेकथ्रु भनेको जर्मनबाट हुन सुरु भएको हो । त्यो एउटा प्रोडक्ट थियो जुन ट्रेन्डिङमा भएर सबैतिर पुगे पनि जर्मनीमा पुगेको थिएन । मेरो साझेदार असिम न्यौंपाने पनि जर्मनमै दुई वर्ष बसेर फर्किएको कारण त्यहाँ सोसल मिडियामा मार्केटिङ गरी हामीले त्यो प्रोडक्ट बेच्न सुरु गर्‍यौं ।’

ड्रप सिपिङमा प्रोडक्ट चयन गर्दा त्यो कुनै पनि समस्याको स’माधान गर्ने र माग उच्च रहेको तर आपूर्ति पर्याप्त नभएको सामाग्री खरिद गर्नुपर्ने वसन्त बताउँछन् । ड्रपसिपरको स्टोर पनि नयाँ हुने हुँदा त्यसको विज्ञापन सामाजिक सञ्जालमा आकर्षक हुनुपर्ने उनी बताउँछन् ।

परम्परागत व्यापारभन्दा फरक ड्रप सिपिङमा क्रेता बिक्रेताकोमा जानुको सट्टा बिक्रेताले क्रेताको आवश्यकतालाई महसुस गरी उनीहरूसम्म पुग्नुपर्ने हुँदा प्रोडक्ट चयनको चरणमा धेरै अध्ययन गर्नुपर्ने वसन्त बताउँछन् ।ड्रपसिपिङमा यी सामानहरू अमेरिका, यूरोप, अष्ट्रेलिया र बेलायतमा पुग्छन् ।

सामाग्रीहरू चिनियाँ इकमर्स साइट अली एक्सप्रेसबाट लिइने भनी ग्राहकलाई ड्रपसिपरहरूले ती सामाग्री चिनियाँ नभई आफ्नै ब्रान्डको सामाग्री भान हुने गरी आकर्षक र चातूर्य ढंगले मार्केटिङ गर्ने भिडियो तथा ग्राफिक्सबाट फिचरलाई आकर्षकरुपमा स्टोर तथा एडमा सोकेस तथा प्याकेज गरी सिपिङ गर्दछन् ।

यसमा बजारीकरणको समेत निकै ठूलो भूमिका हुन्छ ।प्रोडक्ट चयनको विषयका लागि प्रतिस्पर्धीको स्टोरको अध्ययन गर्नेदेखि एड स्पाई जस्ता प्रोडक्ट टेस्टिङ टुलको समेत सुवा लिन सकिने अर्का ड्रपसिपर सिदार्थ बताउँछन् । तर एड स्पाईको सब्सक्रिप्सन शुल्क भने महङ्गो मासिक १ सय ५० डलरसम्म पर्ने सिदार्थ बताउँछन् ।

ड्रप सिपिङमा प्रोडक्ट चयन गर्दा व्यक्तिले जान्नै पर्ने कुरा भनेको वस्तुको सिमित आयु हुन्छ । यहाँ हरेक बस्तु सिमित समयसम्म ट्रेण्डिगमा रहन्छन् र केही समयपछि मार्केट सेचुरेटेड भएर त्यो प्रोडक्ट असान्दर्भिक बन्न जान्छन् । यस्तो बेला ड्रपसिपरले नयाँ प्रोडक्ट परीक्षण गरी स्टोरलाई रिब्रान्ड पनि गर्नुपर्ने हुन्छ ।

यदि बस्तुको समय गइसकेपछि पनि त्यसको मार्केटिङ गरिरह्यो भने खर्च बढ्ने तर परिणाम नआउने भई घाटामा गइन्छ । ड्रपसिपिङमा सामाग्रीको गुणस्तरियता मूल्यभन्दा कम हुने भएको कारण यहाँ कस्टमर रिटर्निङ रेट पनि कम हुन्छ यसैले आफूले नयाँ प्रोडक्ट टेस्टिङ र मार्केटिङ गर्दै स्टोरलाई पनि रिब्रान्ड गर्दै बदल्ने गरेको सिदार्थ बताउँछन् ।

ड्रप सिपिङमा प्रोडक्ट बेच्न चाहानेहरूको एउटा प्रोडक्ट क्याटागोरी हुनुपर्दछ जुन माग र आवश्यकतामा आधारित हुनुपर्दछ । अहिले बसन्त फेसन, फिटनेस र हेल्थकेयर जस्ता निस्ट प्रोडक्टको ड्रपसिपिङ गर्छन् ।’फेसन भन्नाले टिसर्ट र जिन्स बिक्री गर्ने भन्ने कुरो होइन ।

जुन प्रोडक्टको बजारमा माग र कमी छ त्यस्ता प्रोडक्ट हेर्नुपर्छ । फेरि यो विश्वबजारको व्यवसाय भएको कारण एउटामा माग भएको कुरा अर्कोमा नचल्न सक्छ ।’सही प्रोडक्ट चयन गरेर मात्र ड्रपसिपिङको सम्पूर्ण चक्र पूरा गर्न सकिदैँन । सिपमेन्ट र कस्टमर केयरले पनि यो सेवालाई धेरै प्रभावित पार्दछ ।

ड्रपसिपर सिपिङका लागि पनि तेस्रो पक्षसँगै निर्भर हुनुपर्दछ । अली एक्सप्रेसका सामानहरू नै आफ्नो साइटमा राखेर विज्ञापन मात्र गर्ने तर आफ्नै सामाग्रीको भण्डारन नहुने हुँदा ड्रपसिपरले ती सेल्स अर्डरहरूको ठेगाना अली एक्सप्रेसमा पठाएर सामानको सिपमेन्ट गराउँछन् ।

यस्तो बेला अली एक्सप्रेसबाट सामान ती मुलुकहरूमा पुग्न १५ देखि १८ दिनसम्म लाग्न सक्छन् ।यस्तो बेला ग्राहकहरूलाई सम्झाई बुझाई गरी सम्पर्क गर्न जानकारी दिन ड्रपसिपरलाई भर्चुअल असिस्टेन्टको पनि खाँचो पर्दछ । जसले इमेल चेक गर्नेदेखि रेस्पोन्स तथा साइटहरूलाई हेर्ने काम गर्दछन् ।

वसन्त भने आफ्नो विदेशमा व्यावसायिक तथा मार्केटिङ नेटवर्क मजबुत भएको कारण ठूलो परिमाणमा बस्तुको सेल्स अर्डर लिएर सप्लायर्स एजेन्टमार्फत चाँडै सिपमेन्ट गराइ राम्रो कस्टमर सेवा पनि प्रदान गर्न सक्षम रहेको सुनाउँछन् ।ड्रपसिपिङको सम्पूर्ण कारोबार अन्तर्राष्ट्रिय बजारमा हुने भएको कारण खर्च र आय दुवै गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली मूख्य सर्त हो ।

जसको नेपालमा व्यवस्था छैन । हालै जारी भएको डलर कार्डमा पनि पाँचसय डलरभन्दा धेरै भुक्तानी गर्ने सुविधा छैन । जुन ड्रपसिपिङ व्यवसायका लागि हात्तिको मुखमा जिरा जस्तो हुने सिदार्थ बताउँछन् ।यस्तै करोडौं डलरमा आउने अन्तर्राष्ट्रिय भुक्तानी प्राप्त गर्न पनि नेपालमा कुनै च्यानल छैन ।

यस्तो बेला आफूले विदेशमा भएको आफ्नो दिदीको पेपल अकाउन्ट प्रयोग गरिरहेको सिदार्थ बताउँछन् । त्यहाँबाट धेरै डलर खर्च तथा प्राप्त गर्न सकिन्छ ।वसन्तले पनि स्विडेनमा भएका एकजना साथीलाई निस्क्रिय साझेदारको रुपमा राखेर उनको बिजनेस लाइसेन्स, पेपाल अकाउन्ट र स्ट्रिप कार्ड प्रयोग गरेर व्यवसाय सञ्चालन गरिरहेका छन् ।

व्यवसाय सञ्चालनका लागि गैर अमेरिकी नागरिकलाई अमेरिमा एलएलसी दर्ता गरी कम्पनी खोल्ने अधिकार पनि छ । यसअन्तर्गत कम्पनीको आय अमेरिकी सरकारलाई बुझाउनु पर्दैन । तर भुक्तानी नेपाल भि’त्रिदाँ नेपाल सरकारलाई कर भने ति’र्नुपर्दछ । यी दुबैले हाल यसरी नै आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् ।

वसन्त नेपालमा ट्याक्स फाइलिङ गरी प्रत्येक वर्ष १० देखि १२ लाखसम्मको कर तिरिरहेको सुनाउँछन् ।भुक्तानीको स’मस्या हुनेहरूका लागि टु चेकआउट नामको एउटा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा नेपालीहरूले पनि सेवा लिन सक्छन् । टु चेकआउटले उत्तर कोरिया, क्युबा, इरान, सुडान, सिरिया र म्यानमार बाहेक सबै मुलुकका नागरिक र बजारलाई भुक्तानीको सुविधा दिन्छ ।

यसबाट कमाएको पैसा प्राप्त गरी डलरकार्डको खर्च दायरा बढेको अवस्थामा खर्च गर्न सकिन्छ ।पहिलो लकडाउनमा चीन र युरोप अमेरिकाको बजार बन्द हुँदा केही समय व्यापार अ’वरोध भइरहेको थियो । तर अहिले चीन तथा बाँकी पश्चिममा बजार सबै खुल्ला हुँदा अहिले ड्रपसिपिङ बजार एकदमै राम्रो भइरहेको छ ।

छोटो समयमै यति धेरै उत्साहजनक आम्दानी हुने यो व्यवसायमा विश्वभरका मानिसहरूको सं’लग्नता पनि बढ्दो छ । विश्वबजारमा प्र’तिस्पर्धा गर्नु पर्ने हुँदा ड्रपसिपिङ विस्तारै कडा प्र’तिस्पर्धात्मक बन्दैछ । यस्तो बेला व्यवसायभित्रका अन्य पाटाहरूलाई पनि केलाउँदै आम्दानीको स्रोतहरू पहिल्याइरहेको दुवै युवा बताउँछन् ।

हाल विश्व बजारमा ड्रपसिपिङ मात्र नभएर ड्रपसभर्स पनि निकै चलनचल्तीमा रहेको हुँदा यसलाई पनि समेट्ने सोचमा आफू रहेको वसन्त बताउँछन् । ड्रपसर्भिसमा पनि सिपिङमा जस्तै एउटा पार्टीबाट विभिन्न वेबसाइट बनाउनेदेखि लिएर विभिन्न अनलाइन फ्रिल्यान्सिङको कामको कन्ट्रयाक्ट लिएर अर्को पार्टीबाट ती काम गराएर बीचमा कमिसन खाने व्यवस्था छ ।

यसबाहेक केही समय यता वसन्त र असिमले अमेरिकी क्लाइन्टका लागि सोपिफाई अटोमेसन सेवा पनि प्रदान गरिरहेका छन् । जसअन्तर्गत उनीहरूले ड्रपसिपिङ गर्न चाहाने व्यक्तिका लागि प्रोडक्ट परीक्षणदेखि, मार्केटिङ र सिपिङ सम्पूर्ण चरणका लागि परामर्श प्याकेज सेवा उपलब्ध गराउँछन् ।

यसका लागि क्लाइन्टलाई आफूहरूले २५ हजार डलरसम्म चार्ज गरिरहेको उनी सुनाउँछन् । हाल उनीहरूसँग दसभन्दा धेरै सोपिफाई अ’टोमेसन क्लाइन्ट छन् । अमेजनले अटोमेसन सेवा सुरु गरेपछि यी युवाहरूले पनि आफ्नो अनुभव र दक्षतालाई प्रयोग गरी यो सेवा सुरु गरेका हुन् ।

यसै सेवाबाट पनि यी दुईले हालसम्म दुई करोड नेपाली रुपैयाँभन्दा धेरै खूद नाफा आर्जन गरिसकेका छन् । तर यसमा मार्केटिङदेखि सिपिङ सम्पूर्ण खर्च भने क्लाइन्टले नै बहन गर्नुपर्दछ ।यस्तै सिदार्थ पनि ड्रपसिपिङको बढ्दो प्र’तिस्पर्धात्मक अवस्थाबाट आफ्नो व्यवसायलाई सुरक्षित राख्न ब्रान्ड विकास गर्ने सोचमा छन् ।

जुन ड्रपसिपिङको विकसित रुप भएको उनी बताउँछन् ।’अब म चाहिँ ब्रान्ड फोकस्ड भएर ड्रपसिपिङ गर्ने सोचमा छु ।’ सिदार्थ अगाडि भन्छन् ‘अली एक्सप्रेसका प्रोडक्टलाई नै ब्रान्डिङ गरी आफ्नो स्टोरलाई एउटा निश्चित नाम र लोगो दिएर त्यसलाई प्रिमियम प्याकेज र मार्केटिङ गरी ब्रान्ड प्रोमोसन गर्ने उद्देश्य छ मेरो ।

ठूलो परिमाणमा प्रोडक्ट सप्लायर्ससँग अग्रिमेन्ट गरेर अमेरिकामै इन्भेन्ट्री स्थापना गरी त्यहीँबाट प्रोडक्ट सिपमेन्ट गराउने सोच हो । यसो गर्दा सिपिङ पनि चाढो भई कस्टमर सेटिस्फ्याक्सन बढ्छ । ब्रान्ड र लोगोको पनि भ्यालु हुने हुँदा पछि बिक्री गर्न सकिन्छ । चार मिलियन डलरसम्म ब्रान्ड बिकेको हामीकहाँ उदाहरण छ । म अहिले यसैमा केन्द्रित छु ।’

इन्टरनेटको उद्विकाससँगै यसले जनजीवन सरलीकरण हुँदै अहिले उपार्जनका धेरै बाटोहरू खुलाइदिएको छ । यी बाटाहरू निरन्तर परिस्कृत र उद्विकास हुने क्रममा छन् । यिनलाई बुझेर सही समयमा सही तरिकाले कदम चलाइयो भने विश्वबजारको खेलाडीसम्म बन्न सकिने उदाहरण यिनै दुई युवाले दिएका छन् ।इकागज