व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाई रहेको छ ।

यसैबीच बस व्यवसायीहरुले भने सरकारले जोर–बिजोरका आधारमा बस चलाउन दिनु ठीक भए पनि सम्पूर्ण क्षेत्रमा बस चलाउन नदिनु अव्यवहारिक भएको,र जोरबिजोरमा चलाउँदा तेल खर्च नै नउठ्ने बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसबारे आज यातायात व्यवसायीहरुको बैठक बसेर थप निर्णय लिइने बताएको छ ।

सिटौलाले भने, ‘सरकारले छोटो, मध्यम तथा लामो सबै दुरीको बस सञ्चालन गर्न दिनुपर्छ ।

साथै भाडादर समायोजन नभएको निकै भइसक्यो, वैज्ञानिक ढंगले भाडादर समायोजन पनि गर्नुपर्छ ।’

यातायात व्यवसायीहरुले चालक तथा सहचालक जोखिम क्षेत्रमा रहेको भन्दै उनीहरुका लागि कोरोनाविरुद्धको खोप लगाउन पनि माग गरेका छन् ।

सरकारले आफ्नो माग सम्बोधन नगरे यही असार १८ गतेबाट देशब्यापी रुपमा बस सञ्चालन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।