काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको बन्दै गरेको नयाँ भवनमा आ गलागी भएको छ । आ गलागी हुँदा चार जना कामदार घाइते भएका छन् ।

अस्पतालको नवनिर्मित भवनमा मंगलबार दिउँसो आ गलागी भएको महाराजगञ्ज प्रहरीले जनाएको छ । भवनमा बिद्युत वाइरिङ गर्ने क्रममा आ गलागी भएको हुनसक्ने अनुमान गरिएको छ । के कारणले आ गलागी भयो र क्षति कति भयो भन्ने खुलेको छैन । आगो सेना प्रहरी लगाएतले आधा घण्टामा नियन्त्रणमा लिएको थियो ।

निर्माणाधीन भवन रहेकाले केही मजदुरहरू पनि रहेको हुनसक्ने आशंका गरिएको छ । घाइते सबै मजदूरहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । आगलागी केही समयभित्रै प्रहरी नियन्त्रणमा लिएको थियो । यसबारे थप जानकारी आउँन बाकी छ ।