एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्तिहरू महत्वपूर्ण रहेको भन्दै ती भाषणलाई रेकर्ड गर्न व्यंग्यात्मक सुझाब दिएका छन् । सोमबार विपक्षी गठबन्धनले बुद्धिजीवीहरूसँग गरेको अन्तत्र्रिmयामा नेपालले सधैँ संस्कार र मर्यादाका कुरा

गर्नेले नै अरूको मर्यादा राख्न नसकेको धारणा राखे ।
उनले नेतृत्वका कार्यशैलीलाई नै कार्यकर्ताले अनुशरण गर्ने भन्दै ओलीका आइतबार र सोमबारका भाषणहरू रेकर्ड गरेर राख्न सुझाब दिए । ओलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेताहरूले सम्मानपूर्ण सम्बोधन र भाषा प्रयोग नगरेको भन्दै वेलावेलामा संस्कार र संस्कृतिका कुरा गर्दै आएका छन् ।

ओलीले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा विपक्षी गठबन्धनका नेताहरूको आलोचना गरेका थिए । ओलीले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न बौलाहा कुकुरले टोकेको छ र भन्दै कटाक्ष गरेका थिए ।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीका भाषण ध्यान दिन लायक रहेको भनी व्यंग्य गरे ।

उनले भने, ‘हामी आफैँ संस्कृति र संस्कारको कुरा गर्छौँ । हामी आफू अरूको मान सम्मानको कुरा गर्छौँ । तर, हामी आफैँ त्यस्तो गर्छौँ । यसमा नम्बर वान कोही छ भनेर खोज्दाखेरि आज हिजोको हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्ति ।

उहाँको भाषण तपाईंहरू सबैले रेकर्ड गरेर राख्नुहोला । ध्यान दिन लायक छ । हिजोको पनि आजको पनि । म पनि खोजिरहेको छु । सबै कुराहरू ध्यान दिनुपर्ने खालको रहेछ । सबैले सिक्नैपर्छ ।

पोजेटिभ सिकौँ या नेगेटिभ सिकौँ । सिक्नुचाहिँ पर्छ । माथि कस्तो छ त्यसको असर तल पर्छ । मलाई बौलाहा कुकुरले टोकेको छ र भनेर कति राम्रा कुरा गर्नुभएको छ उहाँले सबैको ध्यान जाओस् ।’