काठमाडौं । कम्बोडियामा एक व्यक्तिले सिंहलाई घरपालुवा जनावरका रुपमा राखेको पाइएपछि प्रहरीले उक्त सिंहलाई कब्जामा लिएको छ ।

नोम पेन भिलामा सिंहसँगै टिकटक भिडियो बनाएपछि घरमा सिंह पालिएको घटना सार्वजनिक भएको थियो ।

१८ महिना उमेरको ७० किलो तौल भएको भाले सिंहलाई चिँनिया नागरिकले विदेशबाट आयात गरेको खुलेको वातावरण मन्त्रालयका प्रवक्ता नेथ हेक्ट्राले जानकारी दिनुभयो ।
प्रवक्ता हेक्ट्राका अनुसार गत अप्रिलमा उक्त सिंह टिकटिक भिडियोमा देखिएपछि कम्बोडियन अधिकारीहरुले उक्त सिंहबारे अनुसन्धान गरिरहेका थिए ।

वाइल्ड लाइफ एलाइन्स अन्तर्गतको एक गैर सरकारी संस्थाले निजी बासस्थान सिंहको लागि अनुपयुक्त रहेको बताएको छ ।

उक्त एलान्सले सिंहको उद्धारमा प्रहरीलाई सघाएको थियो। सिंहको दात र पञ्जा निकालिएको थियो जसले उसको गुणस्तर जीवन खस्किएको छ एलाइन्सले भनेको छ ।

मालिकले सिंह कुकुर खेल्ने स्थाननजिकै बसेको फोटो पनि शेयर गरेका थिए ।

वन्यजन्तु जनावरलाई घरमा पाल्ने अधिकार कसैसँग नरहेको प्रवक्ता हेक्ट्राले स्पष्ट पार्नुभयो । आफ्नो विशाल शरीर अनि भीषण शक्तिको कारण सिंहलाई जंगलको राजा पनि भन्ने गरिन्छ ।